दक्षिणी सुडानका ७६ प्रतिशत नागरिकको वार्षिक आम्दानी १ सय ५ अमेरिकी डलर मात्रै

 मंसिर २६, २०८१ बुधबार १८:२४:१६ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

दक्षिणी सुडानका ७६ प्रतिशत नागरिकको वार्षिक आम्दानी एक सय पाँच अमेरिकी डलर मात्रै रहेको एक तथ्याङ्कले देखाएको छ । विश्व बैंकको एक रिपोर्टअनुसार दक्षिणी सुडानका एक करोड २० लाख मानिसले वर्षेनि एक सय पाँच डलर मात्रै आम्दानी गरिरहेका छन् । यो तीन लाख ५८ हजार सुडान पाउन्ड हुन आउँछ ।

विश्वको सबैभन्दा कान्छो देशका रूपमा रहेको दक्षिण सुडानले अहिले चर्को मूल्यवृद्धि, भोकमरी र अभावको सामना गरिरहेको छ । दक्षिण सुडानका लागि विश्व बैंकका देशीय निर्देशक चार्ल्स अन्डेल्यान्डले कमजोर शासन, आर्थिक अवसरको अभाव, उच्च खाद्य मूल्य र द्वन्द्वले देशमा गरिबी र कुपोषण तथा विभिन्न रोगको जोखिम बढाएको बताउनुभएको छ ।

हिंसा र राजनीतिक अस्थिरताका साथै बारम्बार हुने प्राकृतिक प्रकोपहरूले गरिबी र भोकमरी बढाएको हो । देशको सबैजसो ग्रामीण क्षेत्रका नागरिक खानाकै लागि सङ्घर्ष गरिरहेका छन् ।

दक्षिण सुडानका नीति निर्माताहरूले चरम गरिबी र खाद्य सुरक्षालाई सम्बोधन गर्नका लागि दिगो र नीतिगत हस्तक्षेपको डिजाइन गरेर कार्यान्वयन गर्नुपर्ने विश्व बैंकले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया