सिमेन्टको मूल्य घट्ने

 मंसिर २७, २०८१ बिहीबार ९:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिमेन्ट उद्योगी व्यवसायीहरू सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । हिजो निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले काठमाण्डौ उपत्यकामा ओपीसी सिमेन्ट सात सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताउनु भयो ।

यस्तै काठमाण्डौ उपत्यकामा अब पीपीसी सिमेन्ट छ सय रुपैयाँमा पलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । सिमेन्टको मूल्य बोराको सात सय ८० रुपैयाँसम्म पुगेको थियो ।

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया