यसवर्षको सरद ऋतुमा ६ सय २५ जना पर्यटकले नेपालका हिमाल चढे

 मंसिर २५, २०८१ मंगलबार १२:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यसवर्षको सरद ऋतुमा छ सय २५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला पाँच सय ४३ जना पुरुष गरी छ सय २५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अगष्ट १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म आरोहण अनुमति लिएका आठ सय ७० जना र उनीहरुका सहयोगीसमेत गरी दुई हजार दुई सय ४५ जना आरोहणमा गएका थिए ।

गएको वर्षको शरद ऋतुमा ८७ जना महिलासहित एक हजार एक सय ५८ जनाले नेपालमा हिमाल आरोहण गरेका थिए । यसवर्ष आरोहीबाट विभागले आठ करोड ५९ लाख ९७ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

गएको वर्षको शरद ऋतुमा सात करोड ८५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यस वर्षको शरद ऋतुमा आठ जना पर्वतारोहीले ज्यान गुमाएका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया