मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा पुर्याएको छ । पर्सामा बयान सकिएपछि लामिछानेलाई आज काठमाण्डौ विमानस्थल हुँदै पोखरा पुर्याएको प्रहरीले जनाएको छ ।
सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ गरेर पोखरा पुर्याइएका लामिछानेसँग प्रहरीले कास्की, रुपन्देही, चितवन, काठमाण्डौ र पर्सामा बयान लिइसकेको छ । लामिछानेमाथि सहकारी ठगीसहित सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कास्कीमा अनुसन्धान अन्तिम चरणमा पुर्याएर प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।
सङ्गठित अपराधको अनुसन्धानका लागि ९० दिनसम्म हिरासतमा राख्न पाइने कानूनी व्यवस्था छ । लामिछानेकै आरोपसँग जोडिएका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको ९० दिन पुग्ने भएकोले पुस ६ गतेभित्र कास्की अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा अघि बढाउँछ ।
लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीहरूबाट रकम लगेर अपचलन गरेको र त्यसमा लामिछाने पनि संलग्न भएको आरोप लागेको छ ।
संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछाने जिम्मेवार कार्यकारी भूमिकामा रहेको समयमा टेलिभिजनको काममा सहकारीबाट लगेको रकम परिचालन भएको देखिएको भन्दै कारबाहीको सिफारिश गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।