एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
रुकुम पश्चिम – रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो रिक्सा दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया विष्णु बुढामगर रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सिस्ने–६ का १६ वर्षीय महेन्द्र बुढामगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य तीन जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।
लुम्बिनी प्रदेश ०२००१ ह ०३५० नम्बरको अटो रिक्सा मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । अटो रिक्सा अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।