विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डौ – भारतमा जारी खो खो विश्वकपमा नेपालको महिला टोलीले आज लगातार दोश्रो खेल जितेको छ । नेपालले आफ्नो दोश्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराएको छ । यसअघि आजै भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो ।
सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले भोलि तेस्रो खेल खेल्दैछ । नेपालले भोलि दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्नेछ । नेपालले पर्सि बिहिवार बङ्गलादेशसँग खेल्ने छ ।
समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२–३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज बेलुका पौने ७ बजे पेरूसँग खेल्दै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।