विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
स्पेनले यूरोपेली युनियन बाहिरका नागरिकले गर्ने सम्पत्ति किनबेचमा एक सय प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमको घोषणा गर्दै देशको आवास आपतकालको सामना गर्न नयाँ उपाय आवश्यक रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
अहिले स्पेनले जमिनदार र गरिब भाडावाला गरी दुई वर्गीय चुनौतीको सामना गरिरहेको भन्दै उहाँले यसको समाधानको लागि ईयू बाहिरका मानिसले किन्ने सम्पत्तिमा अधिक कर लगाउने योजना रहेको उल्लेख गर्नुभएको हो ।
सन् २०२३ मा गैर ईयू निवासीले २७ हजार वटा घर जग्गा किनेर महँगोमा भाडामा लगाएका थिए । विदेशीले स्पेनका नागरिकसरह नै कर तिरेर सम्पत्ति किन्ने र त्यहाँका नागरिकलाई महँगोमा भाडा लगाउने वा महँगोमा बेच्ने कुरा अव्यवहारिक भएको स्पेन सरकारको ठहर छ । स्पेनका प्रधानमन्त्री सान्चेजले यो निर्णय अनुमोदनका लागि संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।