७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

 पुष २९, २०८१ सोमबार १८:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराउनुभएको छ । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५–३५ वटा जिल्ला र सात वटा जिल्लामा मधेश केन्द्रित दललाई भाग दिइएको छ ।

शपथ कार्यक्रममा मन्त्री अधिकारीले अब बन्ने भूमि समस्या समाधान आयोगले जग्गासम्बन्धी सबै समस्याहरूको अन्त्य गर्ने दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया