‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाको टोली घोषणा भएको छ ।
च्याम्पियन्स ट्रफीका लागि तेम्बा बभुमाको कप्तानीमा क्रिकेट दक्षिण अफ्रिकाले १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलरद्वय एनरिच नोर्किया र लुंगी एनगिडी पनि परेका छन् । दुवै जना खेलाडीले चोटका कारण घरेलु सिजन खेल्न पाएका थिएनन् ।
यस्तै टोलीमा परेका १० जना खेलाडीले सन् २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनल खेलेका थिए । यस्तै वियन मुल्डर, टोनी डिजार्जी र रियान रिकलटनले पहिलो पटक आईसीसीको सिनियर प्रतियोगितामा भाग लिँदैछन् ।
नवौं संस्करणको च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । यस्तै भारतका खेल भने यूएईमा हुनेछ । प्रतियोगितामा दक्षिण अफ्रिका समूह ‘बी’ मा छ । दक्षिण अफ्रिकाले फेब्रुअरी २१ मा अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
यस्ताे छ दक्षिण अफ्रिकाकाे टाेली–
तेम्बा बभुमा (कप्तान), टोनी डिजार्जी, मार्को यानसन, हेनरिच क्लासेन, केशव महाराज, एडन मार्करम, डेभिड मिलर, वियन मुल्डर, लुंगी एनगिडी, एनरिच नाेर्किया, कगिसो रबाडा, रियान रिकलटन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स र रसि भान डेर डसेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।