‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
गुल्मी – रेसुङ्गा विमानस्थलमा झन्डै एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एअरलायन्स) सँग भएका दुई वटा ट्विनअटर जहाज 'ग्राउन्डेड' भएका कारण एक महिनादेखि गुल्मीमा हवाई सेवा बन्द भएको हो ।
वायु सेवा निगमले २०८० साल वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान शुरू गरेको थियो । निगमले गुल्मीमा व्यावसायिक उडान गरेसँगै शुरूमा हप्तामा तीन पटकसम्म उडान गर्दै आएको थियो । यात्रुको बढ्दो चापका कारण निगमले उडान सङ्ख्यामा वृद्धि गरी हप्तामा चार पटकसम्म उडान गर्दै आएकोमा जहाज ग्राउन्डेड हुन थालेपछि हप्तामा दुई पटक र एक पटक हुँदै अहिले पूर्णरूपमा सेवा बन्द भएको हाे ।
जहाजको इन्जिन साइकल सकिएपछि नेपाल एअरलाइन्ससँग भएको दुई वटा ट्विनअटर जहाज ग्राउन्डेड भएका नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयाे । निगमसँग थप ट्विनअटर जहाज नभएका कारण हवाई सेवा नियमित हुन अझ केही समय लाग्ने थापाले बताउनुभयो ।
पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट हप्तामा एक पटक बिहीवार उडान हुँदै आएको थियो । रेसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाण्डौबाट बिहान साढे ६ बजे र रेसुङ्गा विमानस्थलबाट बिहान साढे ७ बजे उडान गर्दै आइरहेको थियो ।
निगमले काठमाण्डाैबाट रेसुङ्गाका लागि सात हजार पाँच सय र रेसुङ्गाबाट काठमाण्डाैका लागि सात हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चापका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुँदै आएको थियो ।
रेसुङ्गा विमानस्थलबाट काठमाण्डौका लागि २१ महिनाको अविधिमा एकतर्फीरूपमा ९० वटा उडान भइसकेको छ । रेसुङ्गा विमानस्थलबाट काठमाण्डाैका लागि ११ सय ६५ र काठमाण्डाैबाट रेसुङ्गाका लागि एक हजार ८८ गरी कुल दुई हजार दुई सय ५३ जना यात्रुले हवाई सेवा लिएका नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेशन प्रमुख थापाले जानकारी दिनुभयो । दुईतर्फी उडानबाट निगमले अहिलेसम्म एक करोड ४० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
पछिल्लो समयमा हवाई उडान शुरू भएसँगै गुल्मी आउने आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।