‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला शुरू भएको छ ।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आउँदो माघ १२ गतेसम्म सञ्चालन हुने महोत्सवको आज सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्घाटन गर्नुभयाे ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार’ भन्ने नाराका साथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताउनुभयो ।
जिल्लामा उत्पादन भएका रैथाने खाना, फलफूल तथा उत्पादित वस्तुको बिक्री/वितरण गर्न तथा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने अपेक्षा गरिएको महासचिव तुल्सी खनालले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि र स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने वस्तुका लागि निःशुल्क स्टलको व्यवस्था मिलाइएको छ । जिल्लाभित्रका स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टलको व्यवस्था मिलाइएको छ । झन्डै ३ सय ५० वटा स्टल रहने मेलामा ५० हजार जना दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले गरेको अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय, प्रदेश तथा केन्द्रीयस्तरका कलाकारहरूकाे प्रस्तुति पनि रहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।