‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरूले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति आजकाे बैठकमा सांसदहरूले नेपाली राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठेको बताएका हुन् ।
बैठकमा नेकपा (एमाले) की सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरूमा नेपाली राहदानीको स्तर दिनानुदिन घटिरहेको भन्दै सुधारमा सरकारको ध्यान गएको छ कि छैन भनेर प्रश्न सोध्नुभयो । उहाँले फ्री–भिसा फ्री–टिकटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री राणासँग जवाफ माग्नुभएको छ ।
यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सम्झौतानुसार गुणस्तरीय राहदानी नदिए पनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हावी भएको बताउनुभयो ।
यस्तै नेकपा (एमाले) सा सांसद दामोदर पौडेल वैरागीले इजरायल–हमास युद्धमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलकदमी गर्न माग गर्नुभयो ।
यस्तै नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौतानुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ ? भन्दै प्रश्न गर्नुभयो ।
जवाफमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पार्नुभयो । यस्तै विपिन जोशीको रिहाइको लागि कूटनीतिक पहल जारी नै राखेको पनि राणाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।