प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिमले लुम्बिनीलाई हरायाे

 माघ २, २०८१ बुधबार १८:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई फराकिलाे अन्तरले  हराएकाे छ । आज भएकाे खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७५ रनले हरायो ।

सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा ५२ रनमा अलआउट भयो । लुम्बिनीकी सरस्वती पुनले १४ रन बनाइन् । सुदूरपश्चिमकी रेवती धामीले ३ विकेट लिइन् ।

यसअघि धनगढीकाे फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन बनायो । सुदूरपश्चिमकी कविता कुँवरले ५५ रन बनाइन् । लुम्बिनीकी सरस्वती पुनले ३ विकेट लिइन् ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जीत हो । लुम्बिनीले पहिलो खेलमा हार बेहोरेको हो ।

समूह ‘ए’ मा सुदूरपश्चिम, गण्डकी, आर्मी, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा बाग्मती, कोशी, मधेश र आर्मी छन् । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया