विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने आज सार्वजनिक कार्य तालिकामा उल्लेख छ ।
परीक्षार्थीले रजिस्ट्रेसन/परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ साल वैशाख मसान्त भित्रमा अनिवार्य रूपमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सीधै यस कार्यालयमा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिएको छ ।
परीक्षा समय तालिका ः
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।