एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो

 माघ २, २०८१ बुधबार १८:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले बाग्मतीलाई ६–० गोलले हरायो । यो जीतसँगै एपीएफ ५ खेलमा १५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बाग्मती युथ ५ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतियोगितामा एपीएफ, बाग्मतीसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका छन् । लिगको पहिलो चरणपछि ५ वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया