आज राति पश्चिमी न्यून चापीय प्रणाली भित्रिँदै, सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातकाे सम्भावना

 माघ २, २०८१ बुधबार १६:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – आज राति देशको पश्चिम भू–भागबाट पश्चिमी न्यून चापीय प्रणाली भित्रिने भएको छ । राति भित्रिने प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशको पश्चिम क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि बदलीसहित केही ठाउँमा वर्षाको सम्भावना छ । प्रणालीको प्रभावले काठमाण्डौ उपत्यकासहित देशका पूर्वी भू–भागमा समेत बदली भए पनि वर्षाको सम्भावना भने नरहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

भोलि बदली भएर पर्सि शुक्रवारदेखि मौसम खुल्न थाल्ने महाशाखाले सूचना निकालेर जानकारी गराएको छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया