उत्तरी गाजामा अन्तिम बाँकी रहेका हाडजोर्नी र नसासम्बन्धीका डाक्टर इजरायली आक्रमणमा मारिए

 मंसिर २९, २०८१ शनिबार ९:७:५३ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

उत्तरी गाजामा अन्तिम बाँकी रहेका विश्वास गरिएका अर्थाेपेडिक सर्जन अर्थात् हाडजोर्नी र नसासम्बन्धीका डाक्टर इजरायली आक्रमणमा मारिएका प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

डाक्टर सइद जौदेहको काममा जाँदै गर्दा इजरायली आक्रमण परी बाटोमै ज्यान गएको बीबीसीले जनाएको छ । उहाँ उत्तरी गाजाको कमल अडवान र अल–अव्दा अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

बिरामीको अवस्था हेर्न अस्पताल जाँदै गर्दा जौदेहलाई इजरायली ट्याङ्कको गोली लागेको कमल अडवान अस्पतालका निर्देशक डा. हुसम अबु सफियाले बताउनुभयो । तर केही प्रत्यक्षदर्शीहरूले डा. जौदेहमाथि ड्रोन प्रहार भएको बताएका छन् । इजरायली सेनाले घटनाको बारेमा थाहा नभएको तर अनुसन्धान भइरहेको बताएको खबरमा उल्लेख छ ।

दुई महिनाभन्दा बढी समयदेखि उत्तरी गाजाको धेरैजसो क्षेत्र इजरायली घेराबन्दी र बमबारीमा परेको छ । इजरायलले त्यहाँ पुनः सङ्गठित भइरहेका हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरिरहेको बताएको छ ।

गएको वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको थियो जसमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । जवाफमा इजरायलले हमासलाई ध्वस्त पार्ने उद्देश्यका साथ गाजा पट्टीभित्र ठूलो कारबाही शुरू गरेको थियो ।

इजरायली आक्रमणका कारण अहिलेसम्म ४४ हजार आठ सय जनाभन्दा धेरैको ज्यान गएको र १० हजार जनाभन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालिच स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो सर्वसाधारण छन् ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया