पोखरामा पुस १० गतेदेखि बेलुन महोत्सव हुने

 पुष ३, २०८१ बुधबार १३:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै २५ डिसेम्बर २०२४ देखि  पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिइएको हो ।

महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक सविन महर्जनले नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताउनुभयो ।

नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने प्रबन्ध निर्देशक महर्जनले बताउनुभयो । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशकाे प्रतिनिधित्व हुनेछ । महोत्सवमा २५ वटा बेलुन ५ हजार फिटसम्म उडाइने उहाँले जानकारी दिनुभयो । महोत्सवमा ७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे र धौलागिरिका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ ।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरू भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया