सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दामा तीन वटा मानव अधिकारवादी सङ्गठनको ध्यानाकर्षण

 पुष ३, २०८१ बुधबार १५:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन वटा मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्गठनले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई वटा आयोग गठनका लागि प्रभावकारी सिफारिश समिति बनाउन आग्रह गरेका छन् ।

एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्टले संयुक्त विज्ञप्ति निकालेर तत्काल प्रभावकारी रूपमा सिफारिश समिति गठन गर्न र विश्वसनीय पदाधिकारी सिफारिश हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिश समितिको पदावधि अस्ति सोमवार सकिएको छ ।

तीन वटा मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समान व्यहोराको पत्र पठाउँदै यसअघि सिफारिश समितिले सार्वजनिक गरेका नाममा व्यापक असन्तुष्टि भएकाले फेरि प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया