नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गयो

 पुष ४, २०८१ बिहीबार १५:१८:५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । भागदाैड मच्चिँदा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् ।

ओयो राज्यको राजधानी इबादानमा आयोजित बाल महोत्सवमा भागदौड मच्चिँदा ३० जनाको ज्यान गएको हो, ज्यान गुमाउनेमा धेरैजसो बालबालिका छन् । आयोजकले पाँच हजार जना बालबालिकालाई नगद वितरण गर्ने घोषणा गरेपछि भागदौड मच्चिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ओयो राज्यका सूचना आयुक्त डोटन ओयलेडेले आयोजकको उचित योजना र समन्वयको अभावले गर्दा दुःखद घटना भएको बताउनुभएको छ । आफ्ना छोराछोरीको अवस्था थाहा पाउनका लागि नजिकैका अस्पतालमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया