फिफा वरीयतामा नेपाल यथावत्

 पुष ४, २०८१ बिहीबार १८:२७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिफा वरीयतामा नेपालले यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल १ सय ७५ औं स्थानमा यथावत् रहेको हो । नेपाल अघिल्लो महिना पनि यही स्थानमा थियो ।

नयाँ वरीयताअनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २६ औं, अफगानिस्तान १ सय ५६ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश १ सय ८५ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलङ्का २ सयौं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिल पाचौं स्थानमा यथावत् छन् । यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी दशौं स्थानमा यथावत् छन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया