गाडी दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – पाल्पामा माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्किँदा एक जनाको ज्यान गएको छ । विस्पाेटक पदार्थ पड्किँदा अरू दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा तिनाउ गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सुरज सोमै रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएका छन् ।
उनीहरूले माछा मार्न सलाइको काँटीबाट बनाएको विस्फोटक पदार्थ अचानक पड्किएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।