१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू

 पुष ११, २०८१ बिहीबार ९:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हिजोदेखि प्रशिक्षण शुरू भएको हो ।

१९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता आउँदो माघ ५ गतेदेखि मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण चल्ने प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए ।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा नेपाली टोलीले बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग खेल्नेछ । 
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया