सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको छ । चीनको छेङ्दुबाट एक सय २६ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको जहाज बिहान पोखरा विमानस्थलमा अवतरण गरेको हो ।
पोखरामा भोलिदेखि शुरू हुने इन्टरनेशनल ड्रागनबोट फेष्टिभलमा सहभागी हुन खेलाडीहरुसहित चार्टर जहाज आएको हो । फेवा तालमा शुक्रवार र शनिवार दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस हुँदैछ ।
आउँदो १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दै छ । दुई वर्षको अवधिमा अहिलेसम्म ७ वटा चार्टड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् ।
यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए । विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाण्डौबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियो ।
सिचुवानको जहाज पोखरा विमानस्थलबाट काठमाण्डौ हुँदै फर्कने छ । जहाज काठमाण्डौ आउँदा त्यसमा पोखराबाट व्यवसायी, पत्रकारसहितको टोली काठमाण्डौ आएर पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।