काठमाण्डौकाे भृकुटीमण्डपमा आज च्याउ मेला, च्याउका परिकार चाख्न पाइने

 पुष १५, २०८१ सोमबार ९:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय च्याउ दिवसको अवसरमा आज काठमाण्डौको भृकुटीमण्डपमा च्याउ मेला हुँदैछ । मेला बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने आयोजक च्याउ उत्पादक किसान सङ्घले जनाएको छ ।

मेलामा च्याउका परिकारसँगै गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि गरिनेछ । मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ ।

नेपालमा अहिले करिब ३५ हजार किसान च्याउखेतीमा आबद्ध रहेका सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ ।

च्याउ उत्पादक किसान सङ्घ नेपालले यसअघि २०७६ पुस ९ गतेदेखि पुस २० गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’सञ्चालन गरेको थियो ।

पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् ।

वि.सं.२०७६ पुस १५ गते बाग्मती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’यसैका लागि भएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार यही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बाग्मती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत घोषणा गरेको थियो ।
 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया