एन्फा महिला लिगमा पुलिस क्लब र वालिङ नगरपालिका खेल्दै
पुस १९, २०८१ शुक्रबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले आज राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो । संयुक्त जाँच मुख्यालयले आज विज्ञप्ति निकालेर निलम्बित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि आज बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।
राष्ट्रपति योल यही डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनले केही समयमै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका थिए । यो विषय संवैधानिक अदालतमा विचाराधीन छ ।
दक्षिण कोरियाको कानूनअनुसार महाभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ । यही क्रममा अनुसन्धानका लागि नसघाएको भन्दै भ्रष्टाचार कार्यालयका अधिकारीले राष्ट्रपति योलविरुद्ध हिजो पक्राउ पुर्जीको अनुमति माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।