चीनका सरकारी ह्याकरले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको अमेरिकाको आरोप

 पुष १६, २०८१ मंगलबार १५:१०:२९ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

अमेरिकाले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली चीन सरकारद्वारा सञ्चालित ह्याकरले ह्याक गरेको आरोप लगाएको छ । ह्याकरले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डिसेम्बरको शुरूमा यो घटना भएको थियो । ह्याकिङको बारेमा ट्रेजरी डिपार्टमेन्टले सांसदहरूलाई जानकारी दिँदै पत्र लेखेको पनि खुलेको छ । शङ्कास्पद गतिविधि पहिलो पटक डिसेम्बर २ मा देखिएको थियो तर कम्पनीलाई यो ह्याक हो कि होइन भनेर पत्ता लगाउन तीन दिन लागेको थियो ।

ह्याकरहरूले तीन दिनमा केही खाताहरू अदलीबदली गर्न र पासवर्डहरू परिवर्तन गर्न सक्षम भएका थिए । ह्याकरहरूले रकम चोरी गर्ने प्रयास गर्नुको सट्टा प्रणालीमा भएका जानकारी खोजिरहेका पाइएको छ ।

अमेरिकी एजेन्सीले ह्याकिङको यो घटनालाई गम्भीर रूपमा लिएको र सङ्घीय जाँच ब्युरो (एफबीआई) सहित अरू एजेन्सीसँगको सहकार्यमा अनुसन्धानको काम भइरहेको जनाएको छ ।

वाशिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै चीनलाई बदनाम गराउने षड्यन्त्रका रूपमा यो हल्ला फैलाएको आरोप लगाउनुभएको छ । कुनै तथ्यगत आधारविना चीन सरकारमाथि आरोप लगाउनु गलत भएको चिनियाँ दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया