एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान र श्रमिकका अधिकारलाई विशेष जोड दिनुपर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाण्डाैमा आयोजित छैटाैं श्रम संसद्लाई सम्बोधन गर्दै उहाँले देशले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउन श्रमको सम्मान र श्रमिकका अधिकारलाई जोड दिनुपर्ने बताउनुभएको हो ।
देशको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै राष्ट्रपति पाैडेलले प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवी वर्गले गर्ने बताउनुभयो ।
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रूपान्तरणका लागि किसान, श्रमिक तथा मजदूरको सम्मानको विषयलाई आफूले सधैं प्राथमिकता दिएको पाैडैलले स्मरण गर्नुभयो । निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै देश विकासको आधार भएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रूपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि उल्लेख गर्नुभयो ।
काठमाण्डाैको राष्ट्रिय सभागृहमा भइरहेको छैटाैं श्रम संसद्को बन्द सत्रबाट सन् २०२५ का लागि अध्यक्ष र महासचिव चयन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।