विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
विश्व हेविवेट बक्सिङ अन्तर्गत टाइसन फ्युरी र ड्योन्ट्री वाइल्डरबीचको बहुप्रतिक्षित भिडन्त बराबरीमा सकिएको छ ।
अमेरिकाको लस एन्जलसमा भएको भिडन्तको पहिलो चरण प्रतिस्पर्धात्मक बन्यो । चौथो देखि छैटौं चरणसम्म फ्युरीले आफ्नो अनुभवको पूरा फाइदा उठाउन सफल भए ।
नौवौं चरणमा वाइल्डरले फ्युरीलाई कुनै मौका दिएनन् र सशक्त मुक्का प्रहार गर्दै फ्युरीलाई ढलाइदिए । तर तत्काल फ्युरी उठे । १२औं तथा अन्तिम चरणमा वाइल्डरले फ्युरीलाई फेरी ढलाए । तर उनले आफुलाई एउटा योद्धा प्रमाणि गर्दै वाल्डरविरुद्ध केही उत्कृष्ट मुक्का प्रहार गरे ।
फ्युरीको कमब्याकको चौतफी प्रशंसा भएपनि स्कोर कार्डमा बराबरी देखियो । वाल्डरको पक्षमा ११५–१११ स्कोर थियो भने फ्युरीको पक्षमा ११४–११२ थियो ।
समग्रमा यो खेल ११३–११३ स्कोरमा बराबरी भयो । वेलायती बक्सर फ्युरीले खेल बराबरी भएपनि च्याम्पियन को बन्यो भन्ने विश्वले थाहा पाइसकेको प्रतिक्रिया दिए । आफ्नो भुमिमा वाइल्डरले उपहार स्वरुप यो निर्णय पाएको प्रतिक्रिया फ्युरीको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।