जनकपुरमा विवाहपञ्चमी महोत्सव शुरु
मंसिर १६, २०८१ आइतबार
अष्ट्रेलियाका एक युवा क्रिकेटरले अष्ट्रेलियाको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै ओभरमा छ छक्का प्रहार गर्दै दोहोरो शतक पनि बनाएका छन् ।
यो कीर्तिमान एडिलेडमा चलिरहेको पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिपका दौरान बनेको हो ।
यी कीर्तिमानी युवा खेलाडीको नाम हो अाेल्ली डाभिस जसले यू–१९ टोलीका लागि यो कीर्तिमान बनाएका हुन् । उनी स्थानीय न्यूसाउथवेल्स मेट्रो टिमका क्याप्टेन हुन र विशेष गरी म्यान्ली–वारिंगा क्रिकेट क्लबबाट खेल्ने गर्दछन् ।
डाभिसले ११५ बलको सामना गर्दै २०७ रन बनाए । उनको यो विशाल योगदानसहित टिमको जम्मा रन ५० ओभरमा ४०६ थियो भने टिमले जम्मा ४ विकेटमात्र गुमाएको थियो । यो दोहोरो शतक यू–१९ पुरुष च्याम्पियनसिपमा पहिलोपटक बनेको थियो भने यो च्याम्पियनसिपमा सन् २००१–०२ मा जेसन क्रेज्जापछि पहिलोपटक बनेको हो ।
डाभिसले ४० औं ओभरको ६ बलमा ६ वटै छक्का प्रहार गरेका थिए । उनले आफ्नो दोस्रो शतकका लागि जम्मा ३९ बलको मात्र सामना गरेका थिए ।
‘म ठिकठाकको बलबाट सिंगल र लुज बलबाट बाउण्ड्री हान्न खोजिरहेको थिएँ,’ डाभिसले भने, ‘मैले पहिलो दुइ बलमा मेरो टाउकोमाथिबाट छक्का हानेपछि अरु बलहरुलाई पनि बाउण्ड्री कटाउने सोचिरहेको थिएँ र अन्त्यमा यो भएरै छाड्यो ।म पछाडिको खुट्टाको सहाराले स्क्वायर र काउ कर्नरतिर लक्ष्य गरेर स्लग स्वीप गर्ने कोशिस गर्दै थिएँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।