गाजाबाट थप ३ जना बन्धक मुक्त
माघ १९, २०८१ शनिबार
काठमाडौं – धर्म परिवर्तनको उद्योग अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कारबाही हुनुपर्ने अधिवक्ता भुपेन्द्र पोखरेलले माग गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै अधिवक्ता पोखरेल काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दिन जानुभएको थियो । युनिभर्सल पीस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा क्रिश्चियन धर्म प्रति आकर्षित र आस्था राख्न बाध्य पार्ने गरि प्रचार प्रसार गरेकाले त्यसमा संलग्न प्रधानमन्त्री ओलीलाई कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।
अधिवक्ता पोखरेलले काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गराउन जाँदा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी दर्ता नगरेको बताउनुभयो । जाहेरीमा कार्यक्रम आयोजक संस्थाका नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध समेत कारबाहीको माग गरिएको छ ।
‘राजनीतिक आवरणमा धार्मिक गतिविधिका लागि आयोजना भएको समिटमा झण्डै १५ सय जोडीलाई क्रिश्चियन धर्ममाताबाट आशिर्वाद दिलाई जिससकी छोरी भनेर चिनाउने हाक जा हान मुनबाट आशिर्वाद लिने दिने कार्यमा प्रधानमन्त्री ओली नै सरिक भइ धर्म परिवर्तनका लागि मतियार बनेकाले नेपालको संविधान तथा अपराध संहिता ऐन २०७४ को विपरित कार्य भएकाले कारबाही हुनुपर्ने’ जाहेरीमा माग गरिएको छ ।
साथै प्रधानमन्त्रीको सन्देश तथा मन्त्रीहरु, सरकारका उच्च तहका अधिकारीहरु, जनप्रतिनिधिहरुले दिनुभएको वक्तव्य प्रमाणको रुपमा रहेको पनि जाहेरीमा उल्लेख छ । यसका साथै प्रधानमन्त्रीले पाएको रकम र तक्मा तथा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यममा आएका खबरहरु पनि प्रमाणका रुपमा रहेको जनाइएको छ ।
पोखरेलको जाहेरीमा संस्थाले गरेको कार्यक्रमको आवश्यक छानबिन गर्न पनि माग गरिएको छ । प्रहरीले जाहेरी दर्ता नगरेपछि पोखरेल त्यसै फर्कनु परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।