रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित ४ वटा मुद्दामा अन...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – मच्छिन्द्र फुटबल क्लब १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
हिजो भएको पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) लाई ३–१ गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो ।
मच्छिन्द्रले आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग पर्सि शनिवार उपाधिका लागि खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा आज दुई पटकको विजेता सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीले खेल्दैछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।