रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित ४ वटा मुद्दामा अन...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आउँदो आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक नागरिकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् ।
निवेदनको ढाँचा र थप जानकारी पालिकाको रोजगार सेवा केन्द्र तथा श्रम मन्त्रालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपाङ्गताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।