अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अन्तिम खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ८० रनको लक्ष्य दिएको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्गल्यान्ड ३८ ओभर दुई बलमा एक सय ७९ रनमा अलआउट भयो ।
इङ्गल्यान्डका लागि जोय रुटले सबैभन्दा धेरै ३७ रन बनाए । यस्तै जोफ्रा आर्चरले २५, बेन डकेटले २४ र कप्तान जोस बटलरले २१ रन बनाए । दक्षिण अफ्रिकाका मार्को जेन्सेनले तीन विकेट लिए । यस्तै वायन मल्डर र केशव महाराजले समान दुई विकेट तथा लुङ्गी न्गिडी र कागिसो रबाडाले समान एक विकेट लिए । दक्षिण अफ्रिकाले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । दक्षिण अफ्रिका दुई खेलमा तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई वटै खेल हारेको इङ्गल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा चार अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ ।
अफगानिस्तान तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ । आजको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकामाथि निकै ठूलो अन्तरको जीत निकाले मात्र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना रहन्छ । दक्षिण अफ्रिका नेट रन रेटका आधारमा अफगानिस्तानभन्दा निकै अघि छ ।
गएराति अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द भएसँगै एक अङ्क बाँड्दै अस्ट्रेलिया अन्तिम चार मा पुगेको हो । यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा आयोजक पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।