नेपाल प्रहरीको लागूऔषधविरुद्धको महाअभियान शुरु

 फागुन १७, २०८१ शनिबार १५:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीले लागूऔषधविरुद्धको महाअभियान शुरु गरेको छ । लागू औषधको प्रयोग र कारोबार दुवै बढिरहेकोले यसलाई नियन्त्रणका लागि प्रहरीले महाअभियान शुरु गरेको हो ।

महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले यो समस्या समाधानको लागि नागरिकसँग नजिक रहेको पालिका सरकारले बढी पहल गर्नुपर्ने बताउनुभयो । पालिका र वडा—वडा स्तरबाट लागूऔषधविरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ ।

यस्तै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताउनुभयो । लागूऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ ।

प्रहरीको तथ्याङ्क अनुसार लागूऔषध प्रयोग तथा कारोबारसम्बन्धी देशभर दर्ता भएका मुद्दाहरु हरेक आर्थिक वर्षमा झन्डै ७ प्रतिशतको हाराहारीमा बढिरहेको पाइन्छ । गाडी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाको कारणमा लागूऔषध एउटा मुख्य कारकका रूपमा रहेको पनि प्रहरी महानिरीक्षक कुँवरले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया