रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा राउन्ड अफ–१६ को पहिलो लेगमा आर्सनलले पीएसभीलाई ७–१ गोलले पराजित गरेको छ ।
गएराति नकआउट चरणको खेलमा आर्सनलले लिग इतिहासमै ठूलो अन्तरको जीत निकाल्यो । ऐतिहासिक जीतसँगै आर्सनल क्वार्टरफाइनल नजिक पुगेको छ ।
दोस्रो लेगमा सामान्य नतिजाले नै आर्सनललाई अन्तिम आठमा पुर्याउनेछ । त्यस्तै गएराति भएको अर्को खेलमा एस्टन भिलाले क्लब ब्रुगलाई ३–१ गोलले हराएको छ ।
त्यस्तै रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दा बोरुसिया डर्टमन्ड र लिले ओलम्पिक स्पोर्टिङ क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।