विद्युतीय गाडीको खरिदमा ६० प्रतिशतसम्म मात्रै ऋण पाउने व्यवस्था कार्यान्वयनमा

 फागुन २१, २०८१ बुधबार १८:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्युतीय गाडीको खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी गरेपछि नीति लागू भएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत विद्युतीय गाडीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय गाडीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।

यस्तै पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत गाडी खरिदमा ५० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ६० प्रतिशत बनाइएको नयाँ व्यवस्था पनि लागू भएको छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक गाडीमा भने बैंक तथा वित्तीय संस्थाले शतप्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था यथावत् छ ।

व्यवसायीहरूका अनुसार अहिले गाडीको कुल बजारमध्ये झन्डै ७० प्रतिशत विद्युतीय र बाँकी ३० प्रतिशत मात्र अरू गाडीको हिस्सा छ । यस्तो बेला विद्युतीय गाडीलाई निरुत्साहित गर्दा समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया