रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै शुरुआत गरेको बताउनुभएको छ । राष्ट्रपतिमा नियुक्त भएको ६ महिनासम्म उथलपुथलका काम गरिरहेका ट्रम्पले आफ्नाे काम भर्खरै शुरू भएको बताउनुभएको बीबीसीले जनाएको छ ।
सम्बोधनका क्रममा ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि वार्ता गर्न तयार रहेको भन्दै लेखेकाे पत्रको आफूले कदर गरेको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिकामा सबैका लागि कर कटौती हुने र सङ्घीय बजेट सन्तुलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।
यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने चाहना अनुरूप जसरी पनि यसलाई प्राप्त गर्ने दाबी गर्नुभएको छ । ट्रम्पले मेक्सिकोको खाडीलाई अमेरिकाको खाडी नामकरण गर्ने आफ्नो साहसी कार्य हुने बताउनुभएको छ ।
यस्तै उहाँले एलन मस्कको सक्रियतामा विभिन्न क्षेत्रको लागत कटौती र विश्वभरका सहायता कार्यक्रमहरूको अन्त्यको कामको प्रशंसा गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।