अर्थ मन्त्रालयले बजेट निर्माणका लागि मन्त्रालयगत छलफल थाल्यो

 फागुन २१, २०८१ बुधबार १५:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू गरेको छ । मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गर्दै छलफल थालेको हो ।

छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने दाबी गर्नुभएको छ । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताउनुभयाे । विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आउँदाे आर्थिक वर्षको बजेट बनाउने बताउनुभयो । उहाँले बैठकमा १६ बुँदे सुझाव दिनुभएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६५ करोड रुपैयाँको सीमाभित्र रहेर बजेट ल्याउन सकिने गरी सरकारलाई सिफारिश गरेको छ ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया