रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यासको घोषणा गरेका छन् ।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्मिथले ५० ओभरको क्रिकेटबाट सन्न्यास लिएका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो ।
३५ वर्षीय स्मिथले १ सय ७० ओडीआईमा ४३ दशमलव २८ को औसतमा १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८ सय रन बनाएका छन् । उनले एकदिवसीयमा अस्ट्रेलियाका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको १२औं स्थानमा छन् ।
अस्ट्रेलियाले सन् २०१५ र २०२३ को एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्दा स्मिथ टोलीको सदस्य पनि थिए । स्टिभ स्मिथले ६४ पटक अस्ट्रेलियाको नेतृत्व गर्दा ३२ खेलमा जीत र २८ खेलमा हार बेहोरेका छन् भने चार खेल नतिजाविहीन भएको छ ।
नियमित कप्तान प्याट कमिन्स चोटका कारण टोलीबाट बाहिरिएपछि स्मिथले च्याम्पियन्स ट्रफीमा अन्तरिम कप्तानको जिम्मेवारी सम्हालेका थिए । स्मिथले टेस्ट क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।