रामेछाप दुर्घटना : वडाअध्यक्ष बस्नेतको शोकमा भाेलि गाउँपालिका...
मंसिर १५, २०८१ शनिबार
वैशाख २५ – चीनका राष्ट्रपति सी जिन फिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा भेटवार्ता भएको छ ।
कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ ।
चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहँदा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका विषयमा सीसँग भेट गरेको हुनसक्ने बताइएको छ ।
यसैबीच चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भन्नुभयो, ‘चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढङ्गबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ ।’
करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास र प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवम् समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय शुरु भएको छ, उहाँले भन्नुभयो । यसले नयाँ युगको मागलाई सम्बोधन गर्ने छ ।
यसैबीच कोरियाली प्रायद्वीपमा रहेको तनावबारे बोल्नुहुँदै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, ‘भेटमा आफू र किमबीच भएको पहिलो भेटमा विचारहरूको आदानप्रदान भएको र पछिल्लो भेटमा किमले कोरियाली प्रायद्वीपमा रहेको तनावलाई सहज पार्न सक्रिय वार्ता प्रयास गरेको पाएँ ।’ उहाँले तनावलाई सहजरूपमा अन्त्यका लागि रचनात्मक भूमिका खेलेको भन्दै किमको प्रसंशा गर्नुभयो ।
उहाँले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्न गरेको उत्तर कोरियाली प्रतिवद्धतामा सहयोगी भूमिका खेल्ने र वासिङटन र उत्तर कोरियाबीचको वार्तामा मध्यस्थता एवम् परामर्श दिने बताउनुभयो ।
उक्त अवसरका कोरियाली कम्युनिष्ट पार्टीका पछिल्ला गतिविधिबारे नेता किमले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीलाई जानकारी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।