भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
कैलाली – नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्यायको माग गर्न धनगढी आइपुग्नु भएको छ ।
बलात्कारपछि हत्या भएकी निर्मलाको हत्यारा पक्राउ र न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियानमा सहभागी हुन उहाँ धनगढी आइपुग्नु भएको हो ।
काठमाडौंबाट सुरु भएको पोस्टर अभियानको सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो । मुख्यमन्त्री कार्यालयको पर्खालमा पोस्टर टाँस्न खोज्दा प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
नेतृ यमीले घटना घटेको यतिका समय बित्दा पनि न्याय नपाउँदा सरकार भएको अनुभूति नै गर्न नसकेको बताउनुभयो । उहाले सरकार पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपन्च बनाएर घटनालाई मोड्न खोजिरहेको आरोप लगाउनुभयो ।
उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नजिकै रहेका अन्य सरकारी कार्यालयका पर्खालमा पनि ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेका पोस्टर टाँसेका हुन् । यस्तै सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको हो ।
निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नियन्त्रणमा रहेका प्रदीप रावलको बयान आज बिहान ७ बजेदेखि पुनः सुरु भएको थियो । सीआईबी प्रमुख डीआईजी निरज शाही, डीएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।