विपन्न परिवारलाई घर निर्माण गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका

 फागुन २७, २०८१ मंगलबार ९:४२:४६ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा विपन्न परिवारका लागि ९ वडामा १ सय २ घर निर्माण कार्य शुरू भएको छ ।

विपन्न घरपरिवारका लागि निर्माण हुने घरमध्ये हरेक वडामा १ जना अपाङ्गता भएका परिवारका लागि बन्ने नगरपालिकाले जनाएको छ ।

विन परियोजना र स्थानीयवासीको साझेदारीमा ऊर्जा प्रभावकारी र वातावरणीय मैत्री भवन निर्माण भइरहेको ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले जानकारी दिनुभयो ।

गर्मीमा चिसो, चिसोमा न्यानो हुने र बिजुलीसमेत कम खपत हुने घरहरु यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने उपमेयर भट्टराईले बताउनुभयो ।

अपाङ्गता भएका ९ घरपरिवारका लागि  ३ लाख ७५ हजारमा उर्जा प्रभावकारी भवन निर्माण हुने र अन्य ९३ घरपरिवार विपन्नका लागि १ लाख ७५ हजार रुपैयाँमा पालिकाको सहयोग र साझेदारीमा निर्माण हुने मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया