साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
बर्दिया – नेपालमै पहिलो पटक बर्दियामा खो–खो लिग (ड्रिम खो–खो) २०८१ हुने भएको छ । ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजार नजिक नेपालको पहिलो खो–खो कभर्ड हल रानीपुरमा आउँदो चैत २३ देखि ३० गतेसम्म नेपालमै पहिलो पटक खो–खो लिग खेल हुन लागेको हो ।
खेलकुद परिषद लुम्बिनी प्रदेशको प्रवर्द्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवर्द्धन तथा लुम्बिनी प्रदेश खो–खो सङ्घको व्यवस्थापक र नेपाल खो–खो सङ्घको आयोजनामा नेपालमै पहिलो पटक नेपाल खो–खो लिग २०८१ हुने सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीलले जानकारी दिनुभयो ।
उहाँले खो–खो खेलको व्यवसायीक विकासका लागि लिग चरणको खेल जरुरी रहेको हुँदा खो–खो खेलको विकास गरी खेलाडीहरुलाई आकर्षित गर्ने र खेलाडीहरुको व्यवसायिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले नेपालमै लिग चरणको खेल आयोजना गरिएको बताउनुभयो ।
लिगमा ६ वटा पुरुष समूह सहभागिता हुने र महिलातर्फको प्रदर्शन खेल हुने आयोजकले जनाएको छ । खेल बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।