गाउँमा अधिकारको सट्टा भ्रष्टाचार आयो : पूर्वप्रधानमन्त्री भट्टराई

 मंसिर २०, २०७५ बिहीबार १८:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाउँमा सिंहदरबारको अधिकारको सट्टा भ्रष्टाचार पुगेको बताउनु भएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सिंहदरबारबाट जनताको अधिकार गाउँमा पुग्नुपर्नेमा कतिपय स्थानीय तहमा भ्रष्टाचार प्रवृत्ति पनि पुगेको बताउनु भएको हो । उहाँले विगतमा राजा महाराजालेजस्तो भ्रष्टाचार र अपराध गरे जनप्रतिनिधि भन्न नसुहाउने बताउनभयो । 

हाल संघीयता विरोधीले स्थानीय तहमा ‘मनपरि भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकारात्मक प्रचार गरिरहेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले संघीयतालाई असफल बनाउने बाहनालाई बल पुर्‍याउने काम नगर्न जनप्रनिधिलाई आग्रह गर्नुभयो । ‘संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको शिशु हो, केही कमजोरी भएका छन्’, भट्टराईले भन्नुभयो, ‘फोहोर गर्‍यो भन्दैमा बच्चालाई फ्याँक्दिने होइन, सफा गरेर हुर्काउनुपर्छ ।’

नयाँ शक्तिका संयोजक रहेका डा. भट्टराईले संघीयतालाई स्वीकार गर्न नमान्ने समूहकै कारण निर्वाचनअघि कानुन निर्माण हुन नसक्दा हाल स्थानीय तह सञ्चालनमा कानुनी जटिलता आइपरेको बताउनुभयो । 

डा. भट्टराईसँग हलेसीको गुरुयोजना र मन्दिरभित्रको संरचनाको विषयमा छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया