माओवादी केन्द्रप्रति नागरिकमा ठूलो भरोसा बढेको छ : प्रचण्ड
माघ १९, २०८१ शनिबार
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खडकाले आज नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गर्नुभएको छ ।
वडाध्यक्ष खडकाले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपुर्याई जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोशित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडा अध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णयबिना सिफारिस गर्न नमिल्ने जानकारी गराएपछि अभद्र व्यवहार गरेको बताउनुभयो ।
उहाँले त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको जानकारी दिनुभयो । नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशासकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुको साथै पानीको बोतल प्रहार गर्नुभएको थियो । लुइँटेललाई बोतलले नलागे पनि पानीको छिट्टा भने परेको थियो ।
घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।
सबै कर्मचारीहरुको हस्ताक्षर भएको विज्ञप्तिमा नीति, कानुन, नियम र कार्यविधि विपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकोले यस्ता गतिविधिले संघीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडा अध्यक्ष खड्काले कर्मचारीसँग औपचारिक रुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ ।
यसबारेमा बुझ्न पटक–पटक फोन गर्दा पनि वडाध्यक्ष खड्काले फोन उठाउनु भएन । यता नगर प्रमुख सोमप्रसाद मिश्रले भने घटनाका बारेमा आफूले विस्तृत जानकारी नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आज नगरकोटको विकासको विषयमा चारवटा नगरपालिकाको बैठकका थिएँ, कार्यालयमा भएको घटनाबारे जानकारी पाएको छैन, भोलि कार्यालय पुगेपछि के हो, बुझौँला ।’
वडा अध्यक्ष खड्का नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।