राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण
चैत ३, २०८१ आइतबार
काठमाण्डाै – सांसदहरूले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागेको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाकाे आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले देशको अर्थतन्त्र सुदृढ नभएको र नागरिकले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरूलाई सुविधा थप्नु गलत हुने बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानून बनाउन लागेको भन्ने समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि सेवा सुविधा बढाउने कुराको विरोध गर्नुभयो । सांसद पौडेलले देश 'ग्रे–लिस्ट' मा परेको र ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकाङ्कमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरूको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टहरूको सेवा सुविधासम्बन्धी विधेयक नल्याउन चेतावनी दिनुभयो । राजनीति सेवा भएको भन्दै उहाँले यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताउनुभयो । उहाँले राज्यबाट सेवा सुविधा पाउने वर्तमान पदाधिकारी र सांसदहरूको पनि सुविधा घटाउन प्रस्ताव गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रोशन कार्कीले पनि पूर्वविशिष्टहरूको सेवा सुविधा बढाउन नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।