कर्णालीलाई हराउँदै एपीएफकाे तेस्राे जीत

 चैत २, २०८१ आइतबार १८:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले हराएकाे छ ।

कर्णालीले दिएको १ सय ९० रनको लक्ष्य एपीएफले ५ विकेट गुमाएर ६४ बलअघि भेटायो । एपीएफका दीपक बोहराले नटआउट ७० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र दिवान पुनले २/२ विकेट लिए ।

यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रन बनाउँदा अलआउट भयो । कर्णालीका सुनिल धमालले सबैभन्दा धेरै ४७ रन बनाए । एपीएफका अभिषेक गौतमले ४ विकेट लिए । प्रतियोगितामा एपीएफको यो चार खेलमा तेस्रो जीत हो भने कर्णालीको चार खेलमा तेस्रो हार हो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया