हाेली मनाउने क्रममा एक जनाकाे ज्यान गयाे
चैत २, २०८१ आइतबार
काठमाण्डाै – पाल्पामा सडक निर्माणमा खटिएका दुई जना मजदूरको शव कालीगण्डकी नदीमा भेटिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत राम्दी–रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुलीको गोलाचौर गाउँपालिका–६ बस्ने २६ वर्षका भोजराज अस्लामी मगरको शव कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
मगर फागुन २६ गते बेलुका खाना खाएर साथीहरूसँग क्याम्पमा सुतेका र २७ गते बिहान बिस्तारामा नभेटिएपछि खोजी शुरू भएको थियो । मोबाइल बिस्तारामै रहेको र सीसीटीभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको प्रहरीले जनाएको छ ।
यस्तै राम्दी रानीमहल सडक खण्डमै मजदूरका रूपमा काम गर्ने दाङको तुल्सीपुर उपमहानगरपालिका–३ घर भएका ४५ वर्षीय तेजबहादुर रास्कोटीको पनि तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ ।
फागुन २९ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका रास्कोटीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै जनाको मृत्युकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।