स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

 चैत ३, २०८१ आइतबार १५:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयमा आज प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिङ्गो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रम सङ्घ सरकारको मात्र नभई पालिका र प्रदेश सरकारको समेत कार्यक्रम रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पाैडेलले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाई एउटै छातामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित  र नागरिकमैत्री बनाइने उल्लेख गर्नुभयाे । अहिले स्वास्थ्य सेवासम्बन्धी रकम ३० अर्ब रुपैयाँ हाराहारीमा भएको भन्दै उहाँले स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने बताउनुभयो ।

डाक्टर शम्भु आचार्य नेतृत्वको कार्यदलले गएको पुस १६ गते प्रतिवेदन मन्त्री पौडेललाई बुझाएको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजनासमेत प्रस्तुत गरेको र मन्त्रालयले दुवै सार्वजनिक गर्दै कार्यान्वयनको चरणमा अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया